नेपालमा २७५० भारतीय विद्यार्थी अध्ययनरत

समाचार

2/18/2021

काठमाडौं, ६ फागुन । नेपालमा अध्ययन गर्ने भारतीय विद्यार्थीहरुको संख्या २७५० रहेको एक अध्ययनले देखाएको छ ।

भारतीय विदेश मन्त्रालयले त्यहाँको माथिल्लो संसद राज्य सभालाई गराएको जानकारी अनुसार १० लाख भन्दा बढी भारतीय विद्यार्थी विभिन्न मुलुकमा अध्ययन गरिरहेका छन् ।

धेरै भारतीय विद्यार्थीहरु अमेरिका, अष्ट्रेलिया, चीन, जर्मनीलगायतका मुलुकमा अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ