नेपाललाई पनि भारतसँग भिडाउने चीनको रणनीति

समाचार

6/22/2020

काठमाडौं, ८ असार । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको जुन १८ को एक समाचारमा भारत विरुद्ध नेपाल, पाकिस्तान र चीनको त्रिदेशीय सैन्य गठवन्धनको संकेत गरेको छ ।

समाचारसँगै उसले आफ्नो ट्वीटर ह्यान्डलबाट भारत एकैपटक चीन, पाकिस्तान र नेपालसँग सीमा विवादमा अल्झिएको जनाउँदै भारतले तनाव बढाएको खण्डमा उसले दुई वा तीनै तिरबाट सैन्य दवाव झेल्नु पर्ने चेतावनी दिएको हो ।

चीनको सरकारी मुखपत्र समेत रहेको ग्लोवल टाइम्सको सो समाचारमा भारतलाई सीमामा तनाव नबढाउन चेतावनी दिइएको छ । सो पत्रिकाले सो चेतावनी दिइरहँदा भारत विरुद्धको सैन्य गठवन्धनमा नेपाल खडा हुने जनाएको हो ।

चिनियाँ सरकारको मुखपत्रमा आएको सो समाचारबारेमा सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । नेपाल र भारतबीच सीमामा विवाद भइरहँदा नेपालले भारत बिरुद्ध सैन्य मोर्चा खोल्न सक्ने आशयका साथ आएको चीनको सो टिप्पणीका बारेमा नेपाल सरकारले आफ्ना देशका नागरिकलाई केहि बताएको छैन । हामी भारतसँग युद्धको अवस्थामा पुगेको हो वा होइन केही नभनी अर्को छिमेकी देशले सैन्य मोर्चा खोल्ने कुरा निकै गम्भीर रहेको सैन्य मामिलाका जानकारहरु समेत बताउँछन् ।

कुटनीति क्षेत्रका जानकारहरु चीनको रणनीति नेपाललाई भारतसँग भिडाउने खालको देखिएको बताउँछन् । भारतसँगको सीमा विवाद दुई देशबीच कुटनीतिक तथा राजनीतिक रुपमा हल गर्ने विषय हो ।

यसलाई कुटनीतिक तथा राजनीतिक तहबाट हल गर्ने प्रयास हुनुअघि नै अर्को छिमेकी चीनले सैन्य कार्वाहीबाट समाधान खोज्न नेपाललाई उक्साउने कार्य उचित नभएको टिप्पणी नेपाल भित्र पनि भएको छ ।

भारतीय मिडिया तथा विश्लेकहरुले चीनले उक्साहटमा नेपाल लागेको पटक पटक आरोप लगाइरहँदा ग्लोबल टाइम्सको यो टिप्पणीले सो आरोपलाई कहि न कहि पुष्टी गरेको कतिपयले टिप्पणी गरेका छन् । चिनियाँ सरकारी मुखपत्रमा यो समाचार टिीपणी आउँदा समेत गर्दा सरकारको औपचारीक धारणा भने आएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ