नेपालले बाह्य दबाबमा लिपुलेकमा भारतलाई दोष दियो : भारतीय सेना प्रमुख

समाचार

5/15/2020

काठमाडौं, २ जेठ । भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेकमा भारतले नेपाली भूमिको अतिक्रमण गरेको भनी नेपालले अरु कसैको दबाबमा भारतलाई दोष दिएको दाबी गरेका छन् ।

‘मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरविरोध भएको छैन,’ भारतीय सञ्चारमाध्यमहरुले उनलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेका छन् ।

‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन् । त्यसबारे त कुनै विवाद नै छैन । हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ,’ त्यहाँको एक थिंकट्यांकले आयोजना गरेको वेविनारमा आफ्नो धारणा राख्दै उनले भने, ‘त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन, मलाई थाह छैन ।’

नेपालले अरु कसैको दबाबमा त्यसो गरिएको हुनसक्छ भन्ने विश्वास गर्ने कारण रहेको दाबी गर्दै त्यसको धेरै सम्भावना रहेको उनले जिकिर समेत गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ