नेपालले भारतसँग सुपुर्दगी सन्धि गर्ने

समाचार

11/9/2020

काठमाडौं, २४ कार्तिक । नेपालले दुई छिमेकी देश भारत र चीनसँग सुपुर्दगी सन्धिका लागि तयारी थालेको छ । भारतसँग सन् २००५ मा नै सचिवस्तरमा सन्धिमा हस्ताक्षर भइसकेको थियो । तर दुवै देशले अनुमोदन नगर्दा त्यो कार्यान्वयन हुन सकेको छैन । भारतसँग वर्षाैँदेखि सुपुर्दगी सन्धिबारे छलफल हुँदै आए पनि सहमति हुन सकेको छैन । विगतमा भारतले तेस्रो देशका नागरिकलाई समेत बुझाउनुपर्ने सर्त राखेपछि नेपाल त्यसमा सहमत भएको थिएन । पछिल्लो समय आफ्ना देशका नागरिक मात्र बुझाउने गरी सन्धिबारे छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ