नेपालसँगको सम्बन्ध सुमधुर : भारतीय सेनापति

समाचार

6/13/2020

देहरादुन, ३१ जेठ । भारतकासेनाध्यक्ष मनोज मुकुन्द नरवाणले नेपाल र भारतसँगको सम्बन्ध मजबुत रहेको र दुई देशबीचको सम्बन्ध सँधै सुमधुर हुने बताएका छन् ।

उतराखण्डको देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीमा शनिवार आयोजित कार्यक्रमका नरवाणेले भने,‘नेपालसँग हाम्रो मजबुत सम्बन्ध छ । हामी भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक हिसाबले जोडिएका छौं । हाम्रो सम्बन्ध बलियो छ र सँधै सुमधुर रहनेछ ।’

नेपाल र भारतको सम्बन्ध भविष्यमा पनि बलियो रहने उनको प्रतिक्रिया छ ।

‘नेपालसँग हाम्रो बलियो सम्बन्ध छ, हामीसँग भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्बन्ध छन् । हामीसँग जनता–जनताबीच पनि बलियो सम्बन्ध छ । उनीहरुसँग हाम्रो सम्बन्ध सधैँ बलियो हुनेछ र भविष्यमा पनि सधैँ रहिरहनेछ,’ भारतीय सेनाप्रमुखले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ