नेपाली छोरी भारतमा एसएससीबीमा उत्कृष्ट

समाचार

8/8/2020

काठमाडौं, २४ साउन । रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन् ।

भारतको महाराष्ट्रस्थित कोस्टाल जिल्लाको पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रतिभाले स्थानीय मराठी भाषामा अध्ययन गरेर एसएससीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन् ।

उनका भाई प्रतिकले पनि ८९ प्रतिशत अंक ल्याएर एसएसीबी बोर्ड पास गरेका छन् । नेपालको कैलालीका कृष्ण कामको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए ।

काम खोज्दै जाँदा उनले मुम्बईबाट करिब सय किलोमिटरको दूरीमा रहेको अलिबाग जिल्लाको जिरादमा स्थानीय पोल्टी पसलमा कामका थिए ।

कृष्णका छोराछोरीले चोन्धी गाउँमा रहको एसएम भड्के स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ