नेपाली भूमिमा चीनले बनायो आफ्नो भवन

समाचार

9/21/2020

काठमाडौं, ५ असोज । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ ।

सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको हो । यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ ।

लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो । उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन् । तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गरिरहेको छ ।

भवन बनाएको स्थानभन्दा एक किलोमिटर पर १२ नम्बर सीमास्तम्भ छ । त्यससँगै ११ नम्बर सीमास्तम्भ भने अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ