नेपाल मधेशी निजामती कर्मचारी मञ्च रुपन्देही पुनर्गठन

समाचार

12/13/2020

रुपन्देही, २८ मंसिर । नेपाल मधेशी निजामती कर्मचारी रुपन्देही जिल्ला कार्यसमिति गठन गरिएको छ ।

नयाँ जिल्ला कार्यसमितिमा अध्यक्ष जनार्दन लोध, उपाध्यक्ष सुरेश मिश्र, सचिव कौशल कुमार यादव, कोषाअध्यक्ष श्यामान्नद यादवसहित १७ सदस्यीय समिति गठन गरिएको छ ।

देशमा संघीयता लागू हुँदा पूर्व सदस्यहरु समायोजन भई बाहिर सरुवा भएकोले केही दिनदेखि निष्क्रिय अवस्था रहेको रुपन्देही मंचको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको छ ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा मंच नवलपरासीको अध्यक्ष अमजद अन्सारी, समाजसेवी श्रावण कुमार यादव मंच केन्द्रीय उपाअध्यक्ष लालबाबु यादवको विशिष्ट आतिथ्यतामा पुनर्गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ