नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

समाचार

4/9/2021

काठमाडौं, २७ चैत । नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन भारत सरकारसँग आग्रह गरेको छ ।

शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका थिए । त्यस क्रममा उनले नेपालले किनेको १० लाख डोज खोप छिटो उपलब्ध गराइदिन आगह गरेका हुन ।

यस्तै दुई पराराष्ट्रमन्त्रीबीच भारत र नेपालमा पछिल्लो समय बढेको कोरोना भाइरस संक्रमण नियन्त्रणको विषयमा पनि छलफल भएको थियो । कोरोना महामारी नियन्त्रणका लागि सहकार्य गर्ने विषयमा पनि दुई मन्त्रीबीच छलफल भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ