नेपाल र श्रीलंकामा पनि पार्टी विस्तार गर्ने भाजपाको तयारी

समाचार

2/15/2021

काठमाडौं, ३ फागुन । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी छिमेकी मुलुक नेपाल र श्रीलंकामा पनि पार्टी विस्तारको योजनामा रहेको त्यहीँका एक नेताले बताएका गरेका छन् ।

त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले राजधानी अगरतालमा आयोजित कार्यक्रममा पार्टी कार्यकर्तामाझ गृहमन्त्री तथा भाजपाका वरिष्ठ नेता अमित शाहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

देवका अनुसार केही समयअघि भ्रमणका क्रममा शाहले भारतका अधिकांश राज्यमा जित हासिल गर्ने र त्यसपछि छिमेकी मुलुकमा पनि पार्टीलाई स्थापित गरेर सरकार बनाउने बताएका थिए ।

‘राज्य सरकारको गेस्ट हाउसमा चलेको छलफलमा अजय जमवाल (भाजपाको उत्तरपूर्व क्षेत्र सचिव) ले आफ्नो पार्टी भारतका धेरै राज्यमा सरकार बनाउन सफल भएको बताएपछि त्यसको जवाफमा शाहले अब श्रीलंका र नेपाल मात्र बाँकी रहेको हुँदा ती दुई देशमा पनि पार्टी विस्तार गरेर सरकार बनाउन जित्नुपर्छ भन्ने योजना सुनाउनुभयो,’ देवलाई उद्धृत गर्दै त्रिपुराको अंग्रेजी अनलाइन इस्ट मोजोले लेखेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ