जनकपुरधाम, ३१ असार । नेपाल विद्यापति पुरस्कार ६ जना स्रष्टाहरूलाई प्रदान गरिएको छ । विद्यापति पुरस्कार कोष, जनकपुरधामले २०७७ सालका लागि ६ स्रष्टालाई उक्त पुरस्कार प्रदान गरेको हो ।
२ लाख रुपैयाँ राशि रहेको नेपाल विद्यापति मैथिली साहित्य पुरस्कारबाट मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष सतिश दत्त पुरस्कृत भएका छन् ।
१ लाख रुपैयाँ राशि रहेको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट साहित्यकार एवं राजनीतिज्ञ वृषेशचन्द्र लाललाई प्रदान गरिएको छ ।
१ लाख रकमको नेपाल विद्यापति अनुसन्धान पुरस्कार पत्रकार एवं साहित्यकार सुजितकुमार झालाई प्रदान गरिएको छ भने १ लाख रकमकै नेपाल विद्यापति पाण्डुलिपि पुरस्कार पत्रकार एवं साहित्यकार अमरेन्द्र यादवलाई प्रदान गरिएको छ ।
कोषले १ लाख रकमको नेपाल विद्यापति कला संस्कृति पुरस्कार दुई जनालाई प्रदान गरेको छ ।
सो पुरस्कार अजितकुमार साह र श्रीमती सुनिताकुमारी साहलाई ५० –५० हजार रुपैयाँ प्रदान गरेर पुरस्कृत गरिएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरस्कृत व्यक्तित्वहरूलाई नगद, सम्मान पत्र तथा दोसल्ला ओढाएर पुरस्कृत गरे ।
तपाईको प्रतिक्रिया