नेपाली सेनालो भारतबाट औषधि ल्याउँदै

समाचार

4/22/2020

काठमाडौं, १० बैशाख । नेपाली सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने भएको छ । कोरोना (कोभिड–१९) भाइरसको उपचारका लागि आवश्यक औषधि खरिदका लागि २ करोड ४० लाख बढी भुक्तानी दिन लागिएको हो ।

रकम जम्मा गरेपछि भारतले दिल्लीस्थित नेपाली दूतावासमा ५३ प्रकारका औषधि जम्मा गर्नेछ । त्यसपछि नेपालले आवश्यक औषधि ल्याउनेछ । सेनाले आइतबार चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता गरिसकेको छ ।

यसअघि भारतले चैत दोस्रो साता कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ