नेपाल सम्बन्धमा भारतको धारणा सही : पूर्वराजदूत पुरी

समाचार

5/30/2021

काठमाडौं, १६ जेठ । नेपालका लागि पूर्व भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतीय विदेश मन्त्रालयले नेपालमा संसद विघटनको घट्नालाई आन्तरिक मामिला भनी गरेको धारणा कूटनीति रुपमा सही भएको बताएका छन् ।

भारतीय अखबार दि ट्रिब्युनमा एक लेख लेख्दै सो धारण व्यक्त गरेका हुन् ।

‘भारतीय विदेश मन्त्रालयले नेपलामा भईरहेको घट्नाक्रमलाई घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा नेपालले नै समाधान गर्ने आन्तरिक मामिला भनी दृष्टिकोण सार्वजनिक गरेको छ’,उनले भनेका छन्,‘यो कूटनीतिक रुपमा सही छ तर भारतको नेपालसँगको इनगेजमेन्ट चाहि बढाउनुपर्छ ।’

उनले नेपालमा भारतको सुरक्षा चासो, ब्यापार, सभ्यता र जनता–जनताबीचको सम्बन्धमा कारण इनगेजमेन्ट बढाउनुपर्ने बताएका छन् । उनले कोभिड नियन्त्रण, जलवायु परिवर्तन लगायतका क्षेत्रमा सहकार्य गर्नुपर्ने लेखमा बताएका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भारतमैत्री सांसदहरुप्रतिको निर्भरता र नागरिकता सम्बन्धी अध्यादेशका कारण नेपालको पछिल्लो राजनीतिक घट्नाक्रम भारतका लागि अनुकुल हुन्छ कि हुँदैन भनी जान्ने चासो रहेको समेत उनले उल्लेख गरेका छन् ।

उनले अर्कोतर्फ नेपाली कांग्रेसको भारतसँग परम्परागत सम्बन्ध रहेको बताएका छन् । उनले सन् २०२० यता नेपालमा चिनियाँ प्रभाव बढेको समेत उल्लेख गरेका छन् ।

नेपालको घट्नाक्रम कसरी अगाडी जान्छ भनी समयले र सर्वोच्च अदालतको फैसलाले मात्र बताउन सक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ