कपिलवस्तु, ५ बैशाख । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन (नेभ्ला) कपिलवस्तुको दशौं जिल्ला अधिवेशनबाट परमेश्वर यादव अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
गोरुसिंगेमा सम्पन्न अधिवेशनमा यादवले ५० मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटम् प्रतिस्पर्धी युवराज पौडेलले जम्मा २० मत प्राप्त गरेका थिए ।
त्यस्तैगरी उपाध्यक्षमा सुदिप भुषाल, सचिवमा जितबहादुर बि.सी., सहसचिवमा सन्जु चौधरी, कोषाध्यक्षमा हेमराज गिरी र्निाचित भएका छन् ।
त्यस्तै, सदस्यहरुमा धनमाया आचार्य, कमला पौडेल, रोहित यादव, पुनाराम अर्याल, केशवराज खनाल, विनोद खनाल, निर्वाचित भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा खिमबहादुर टण्डन, झविन्द्र प्रसाद बेल्वासे, अन्जु आचार्य, नन्दराम अर्याल, अनिलकुमार प्रजापति निर्वाचित भएको निर्वाचन समितिका संयोजक मणि प्रसाद गैेह्रेले जानकारी दिए ।
जिल्ला अध्यक्ष खिमबहादुर टण्डनको अध्यक्षता र झविन्द्र बेल्वासेको संचालनमा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राम प्रसाद मेहताले दुध, अण्डा, माछा र मासुमा आत्मनिर्भर बनाउने काममा पाराभेटेरिनरीको योगदान रहेको चर्चा गरे ।
साथै मेहताले अझै पशुजन्य उत्पादनको विकास र विस्तार गर्न पाराभेटेरिनरीको माग सम्बोधन गर्न राज्यसँग मागसमेत गरेका छन् ।
सो अवसरमा, पुर्व केन्द्रीय अध्यक्ष लोकराज भुषाल, केन्द्रीय सदस्य नारायण भट्टराई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
तपाईको प्रतिक्रिया