नमुना युवा सांसद स्थापना र अभ्यास

समाचार

7/10/2020

वीरगन्ज, २६ असार । पर्सेली युवाहरुलाई लक्षित गर्दै विरगंज महानगरपालिका स्तरीय तीनदिने नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रमको वीरगंज गिता मन्दिर रोडस्थित रहेको होटल वीरगंज दरवारमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिकाले प्रत्येक वर्ष संघ संस्थाहरुलाई यस कार्यक्रमको जिम्मा दिँदै आए तापनि यस वर्ष स्वयम् आयोजक बनी कार्यक्रम गराएकोमा नेवि संघका युवा नेता सन्तोष गुप्ताले आपत्ति जनाएका छन् ।

३ दिनसम्म चल्ने यस कार्यक्रममा नेपालमा युवा र युवा सांसदको अवधारणा र अभ्यास गरिने, नेपालमा लोकतन्त्र र संसदिय प्रक्रियाको आवश्यकता महत्त्वबारे प्रशिक्षकद्धारा जानकारी गरिने भएको छ ।

त्यसैगरी, संघीय प्रादेशिक र स्थानीय सरकारको गठन तथा कार्य जिम्मेवारी संसद वा कानुनी व्यक्तित्व हुनु पर्ने यसका लागि नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ आवश्यक हुने व्यवस्थापीका र कार्यपालिका बिचको अन्तरसम्बन्ध अधिवक्ताहरु मध्येबाट हुने विषयमा प्रशिक्षणको क्रममा युवा माननीयहरुलाई सिकाइने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ