नियन्त्रित लागूऔषधसहित पक्राउ

समाचार

2/10/2021

कपिलवस्तु, २८ माघ । बिजयनगर गाउँपालिका–३ डगडईबाट नियन्त्रित लागूऔषध ७ सय ३० ट्याब्लेट ट्रामाडोल ट्रामाविन र ३ सय ४० ट्याब्लेट ट्रामाडोल ट्रामोल सहित दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय पूर्ण श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पत्थरदेहियाबाट त्रिपालनगरतर्फ पैदल आउँदै गरेका पूर्णलाई प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शरीरमा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ