नियन्त्रित लागूऔषध बरामद

समाचार

8/23/2020

सर्लाही, ७ भाद्र । हरिवन नगरपालिका–५ घुर्कौलीबाट नियन्त्रित लागूऔषध १ सय १ बोतल डाईलेक्स डिसी, १ सय ९८ बोतल वयरलेक्स, ९ सय थान नाईट्रोभेट र २ सय थान स्पास्मो आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय हरिबनबाट खटिएको प्रहरीलाई देखी बा.६२ प ४६४१ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित बरामद गरिएको हो ।

फरार व्यक्तिको खोजी गर्ने क्रममा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ