वीरगञ्ज, २० जेठ । नारायणी अस्पताललाई विभिन्न संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । ओमशान्ति जयसवाल ट्रेडर्सका सञ्चालक धीरेन्द्र चौधरीले १० थान बेड अस्पताललाई प्रदान गरेका छन् ।
झण्डै १ लाख मूल्य बराबरको बेड चौधरीले अस्पताललाई हस्तान्तरण गरेको सामाजिक अभियनता ओमप्रकाश सर्राफले जानकारी दिए ।
यस्तै मानव अधिकारका लागि एकल महिला समूहले विदेशी दाताहरुको सहयोगमा पठाइएको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ ।
अक्सिजन सिलिण्डर, अक्सिजन फ्लोमिटर, अक्सिजन मास्क १५÷१५ थान, एन ९५ मास्क १ सय थान र सर्जिकल मास्क ४ सय थान अस्पताललाई हस्तान्तरण गरिएको मानव अधिकारका लागि एकल महिला समूहले जनाएको छ ।
तपाईको प्रतिक्रिया