निर्वाचनमा जसरी पनि विजय हासिल गर्नु नै हाम्रो मुख्य लक्ष्य हो : डा.सीके राउत

समाचार

1/30/2021

काठमाडौं, १७ माघ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले घोषणा भएको प्रतिनिधिसभा निर्वाचनमा जसरी पनि विजय हासिल गर्नुपर्ने लक्ष्य राखेर जनताको घर–घरमा पुग्न आफ्ना नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

शनिबार जनमत पार्टीको पदाधिकारीहरुसँग अन्तरक्रिया गर्दै उनले सो निर्देशन दिएका हुन् । उनले भने, ‘निर्वाचन आगामी बैशाख १७ र २७ गते तय भइसकेकोले समय धेरै कम छ ।’

उनले निर्वाचनको मिति घोषणा भइसकेकोले समय एकदमै कम रहेको बताउँदै तयारी तीव्र पार्न निर्देशन दिएका हुन् । ‘हाम्रो एउटा मात्र लक्ष्य हो कि निर्वाचनमा जसरी पनि विजय हासिल गर्नु ।’

उनले कुनै पनि शर्तमा आफूहरु निर्वाचन जित्नु नै मुख्य लक्ष्य रहेको बताएका छन् । उनले कसैले पनि लक्ष्य के हो सोधे पनि निर्वाचनमा विजय हासिल गर्नु नै मुख्य लक्ष्य रहेको बताउनुपर्ने निर्देशन दिए ।

‘जबसम्म हामी निर्वाचनमा जित्दैनौं तबसम्म हामीसँग जस्तोसुकै राम्रो भिजन र रोडम्याप भएपनि लागू गर्न सक्दैनौं’, उनले भने, ‘कुनै पनि विकास निर्माण गर्न हामीले निर्वाचनमा जित्नैपर्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ