काठमाडौं, ४ असार । जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले निर्वाचित आयोग समक्ष आधिकारिकताको दाबी पेश गरेका छन् ।
शुक्रबार अध्यक्ष यादवसहितका नेताहरु निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकताका लागि जसपाको केन्द्रीय कार्यकारिणी समितिको मिति २०७८।३।३ गतेको निर्णयबमोजिम लिखित दाबी गरेका छन् ।
उपेन्द्र समूहको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो । सो बैठकले ओली सरकारमा सहभागी भएका जसपाका नौ जना नेताहरुलाई निष्काशितसमेत गरेको थियो ।
यता, महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गरी उपेन्द्र समूहको सो बैठक वैधानिक नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए । ठाकुरले सो अवैधानिक र अनाधिकृत बैठकका कुनै पनि निर्णय मान्य नहुने बताएका थिए ।
तपाईको प्रतिक्रिया