निर्वाचन तोकिएकै समयमा हुन्छ, ढुक्क हुनुस् : मन्त्री अर्याल

समाचार

1/31/2021

स्याङ्जा, १७ माघ । कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

सरकारले तोकेको बैशाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै चुनामी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह समेत गरिन् ।

कम्युनिस्ट पार्टी विचारबाट निर्देशित भएको पार्टी रहेता पनि पद, शक्तिकै लागि मात्र ओली नेतृत्वको सरकार चारैतिरबाट घेराबन्दीमा परेको बताइन् ।

जनताले विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपा पार्टी भित्रैकै ठूला नेताहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर संकलन गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको बताइन् ।

नेकपा केन्द्रीय सदस्य समेत रहेकी नेता अर्यालले बर्तमान समयमा कसैले फरक प्रतिक्रिया दिँदै आइरहेता पनि अहिलेसम्म पार्टी नफुटेको बताइन् । उनले समुन्द्रबाट एक अम्खोरा पानी झिक्दैमा समुन्द्र नसकिने समेत बताइन् ।

मन्त्री अर्यालले भने, ‘समुन्द्रबाट एक अम्खोरा पानि झिक्दैमा समुन्द्र रित्तिदैन । पदको लोभले केही नेताले बाहिर भेला गर्दैमा नेपाल कम्युनिस्ट पाटी सकिदैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ