सिरहा, २० भाद्र । मिर्चैया नगरपालिका–५ ब्राहबिघाबाट १ थान नलकटुवा पेस्तोलसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका–६ बस्ने १९ बर्षीय अजय शर्मा, सोही नगरपालिका–५ बस्ने १९ बर्षीय ज्ञानु कुमार मण्डल र ३९ बर्षीय रमेश साह रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले को.३५ प ४०१३ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार अजय शर्मा र ज्ञानु कुमारलाई उक्त पेस्तोल सहित पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त हतियार सोही ठाउँस्थित रमेश साहले किराना पसलबाट दिएको बताएपश्चात साहलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया