नालामा खसेर बालकको मृत्यु

समाचार

2/12/2021

सर्लाही, ३० माघ । सर्लाहीको पर्सा गाउँपालिकामा नालामा खसेर एक बालकको मृत्यु भएको छ ।

पर्सा गाउँपालिका–५ निवासी ब्रम्हदेव साहको ३ वर्षीय छोरा हिमान्सु साहको नालामा खसेर मृत्यु भएको हो।

खेल्ने क्रममा एक्कासी हराएका हिमान्सुको खोजी गर्ने क्रममा आफ्नै घर अगाडीको नालामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ