नेशनल इन्जिनियर्स एसोसिएसनद्वारा होलीको शुभकामना आदानप्रदान

समाचार

3/27/2021

जनकपुरधाम, १४ चैत । नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल धनुषाले हिन्दूहरुको महान धार्मिक तथा सांस्कृतिक आस्था बोकेका पर्व होलीको अवसरमा जनकपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेशनल इन्जिनियर्स एशोशिएशन नेपाल धनुषाका अध्यक्ष इ. दिपक यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश न. २ का अध्यक्षका उम्मेदवार इ. गौरी पण्डितले यस होली पर्वले हामीबीच रहेको सवै प्रकारका मनमुटाव इश्र्याद्वेषलाई समाप्त पार्दै भाइचाराको नातालाई मजबुत पार्दै होलीको रंगमै रम्दै एकताको परिचय दिने यो पर्व भएकाले यसलाई भव्य र सभ्य रुपमा मनाउन सबैसँग आग्रह गर्दै आगामी बैशाख २४ गते हुने निर्वाचनमा सबै युवा शक्तिलाई उकजुट हुन आह्वानसमेत गरे ।

साथै इन्जिनियरहरुको हकहित र अधिकार स्थापित गराउनका लागि हामी हरसम्भव लागिपर्ने बताएका थिए ।

युवाहरुको यस संस्थालाई जरुरी छ हाम्रा अग्रेजहरु सल्लाकारका रुपमा बसी हामी युवा शक्तिलाई मार्ग निर्देश गर्न आवश्यकता रहेको इ. पण्डितले बताए । कार्यक्रममा जिल्लाका इन्जिनियहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ