निःशुल्क ह्याण्ड सेनिटाईजर तथा मास्क वितरण

समाचार

3/23/2020

मोरङ, १० चैत । समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–१६ जोगवनी सीमाक्षेत्रमा आइतबार निःशुल्क ह्याण्ड सेनिटाईजर तथा मास्क वितरण गरेको छ ।

नोवेल कोरोना भाईरस (कोभिड–१९) को रोकथामका लागि जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका युवा अभियान्तासँग सहकार्य गरी सीमा क्षेत्रमा आवतजावत गर्ने करिब ३ सयभन्दा बढी सर्वसाधारणलाई निःशुल्क ह्याण्ड सेनिटाईजर तथा मास्क वितरण गरेको हो ।

वितरण कार्यक्रमबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले नोवेल कोरोना भाईरसले विश्वव्यापी महामारीको रूपमा आक्रान्त पारेको अवस्थामा प्रहरी र नागरिकलाई संक्रमणबाट बचाउन समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत अभियान सुरु गरी उक्त सामग्री वितरण गरिएको बताए । कोरोना भाईरसविरूद्ध लड्न एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा युवा अभियन्ता पेरिस सुवेदी, स्थानीय जनप्रतिनिधि, प्रहरी कर्मचारी, सुरक्षा निकायका कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ