जनकपुरधाम, १७ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नश्लीय चिन्तन र व्यवहार रहेसम्म प्रतिगमनहरु भइरहने बताएका छन् । उनले नश्लीय चिन्तन र व्यवहारबाट देशलाई मुक्ति चाहिएको बताए ।
जनकपुरधाममा शनिबार आयोजित जसपासम्बद्ध राष्ट्रिय इन्जिनियर संघको राष्ट्रियको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता महतोले यस्तो बताएका हुन् ।
उनले यो मुलुकमा सात पटक संविधान निर्माण हुँदा पनि जनताले अधिकार पाउन नसक्नुको एउटै कारण नश्लीय चिन्तन र व्यवहार रहेको धारणा राखे ।
केही शासकवर्गका व्यक्तिहरुले आफ्नो लागि मात्रै संविधान बनाउँदा मुलुकमा कुनै पनि संविधान अहिलेसम्म टिक्न नसकेको जिकिर गर्दै मुलुकमा पहिलादेखि प्रतिगमन हुँदै आएको बताए ।
उनले अहिले मात्रै प्रतिगमन नभएको बताउँदै भने, ‘पहिला पनि प्रतिगमन हुँदै आएको थियो र अहिले पनि भयो ।’ उनले अहिलेको प्रतिगमन पहिलो नभएको बताए ।
वरिष्ठ नेता महतोले इन्जिनियरहरुको पनि राष्ट्र निर्माण निकै महत्वपूर्ण भूमिका रहेको जिकिर समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया