नुहाउने क्रममा पोखरीमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला

समाचार

6/15/2021

रुपन्देही, १ असार । रुपन्देही जिल्लाको कन्चन गाउँपालिका ३ सोगास्थित पोखरीमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

सोही ठाउँ बस्ने ३४ वर्षिय कमल शिरिष थापा उक्त पोखरीमा नुहाउने क्रममा यही जेठ ३१ गते डुवेर बेपत्ता भएको बताइएको छ ।

सोबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश विष्णुपुराबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव पोखरीबाट बाहिर निकालेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ