पाकिस्तानमा राहत वितरणमा हिन्दूसँग भेदभाव

समाचार

3/31/2020

काठमाडौं, १८ चैत । पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावितलाई राअत वितरणमा हिन्दूलाई भेदभाव गरिएको छ । राहत मुस्लिमलाई मात्र वितरण गरिएको छ ।

पाकिस्तानको इमरान खान सरकारले प्रभावित क्षेत्रमा राहत दिने घोषणा गरे पनि त्यहाँ रहेको हिन्दूहरुमाथि व्यपाक रुपमा विभेद गरिएको हो । खासगरी सिन्ध प्रान्तमा रहने अल्पसंख्यक हिन्दूहरुलाई भेदभाव गरिएको छ ।

पछिल्ला दिनहरुमा स्थानीय प्रशासनका तर्फबाट कराँचीमा मानिसहरुलाई रासन र अन्य जरुरी सामान बाँडिएको छ । तर हिन्दूहरुलाई खाली हात फर्काइएको छ ।

सिन्धमा करीव ५ लाख हिन्दू छन् । सिन्धमा सरकारले प्रशासन र एनजीओलाई राहत बाँड्ने जिम्मा दिएको छ । त्यहाँ करीव ३ हजार मानिस मद्दतका लागि जुटेका छन् ।

तर उनीहरुको स्वास्थ्य जाँच तथा स्क्रिनिङका लागि समेत कुनै पहल भएको छैन । त्यहाँका हिन्दूहरुले आफूहरुमाथि अन्याय भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग हारगुहार गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ