काठमाडौं, ३० असार । राष्ट्रिय एकता अभियानले पाकिस्तानको इस्लामाबादमा निर्माणाधीन पहिलो ऐतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न रोक लगाएको प्रति भत्सर्ना गर्दै काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।
अभियानले दूतावास अगाडि एक विरोध ¥याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएको हस्तक्षेपको भत्सर्ना गरेको हो ।
इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनुपर्छ भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि अभियानले आपत्ति जनाएको हो ।
अभियानका संयोजक विनय कुमारको नेतृत्वमा निकाएको विरोध ¥यालीमा पचास जनाभन्दा बढीको सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरूले हिन्दुमाथिको दमन बन्द गर, इस्लामाबादमा मन्दिर र गुम्बा बन्नै पर्छ, इमरान खान होस गर जस्ता नारा लगाएका थिए ।
पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो । तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल(क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको हो ।
तपाईको प्रतिक्रिया