काठमाडौं, १४ माघ । राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित पाकिस्तानको दूतावास अगाडि प्रदर्शन गरेको छ ।
पाकिस्तानमा पछिल्लोपटक हिन्दूको मन्दिर भत्काएको र हिन्दूहरुमाथि भइरहेको अत्याचारको विरोधमा बुधबार दूतावास अगाडि अभियानले प्रदर्शन गरेको जनाएको छ ।
पाकिस्तानमा स्वामी परम्हंसको समाधिस्थल तोडफोड भएको थियो । यस्तै, हिन्दूहरुमाथि पनि अन्याय तथा अत्याचार भइरहेको हुन्छ । पाकिस्तानी सरकारले यस्ता घटनाहरुको विरुद्धमा खासै कदम चालेको देखिँदैन ।
पाकिस्तानमा अल्पसंख्यक तथा हिन्दूहरुमाथि लगातार आक्रमण, शोषण, उत्पीडनलगायतका घटनाहरु भइरहेको त्यस्ता घटनाहरु रोकथामका लागि दबाब हेतु प्रदर्शन गरिएको अभियानका एक सहभागीले बताए ।
तपाईको प्रतिक्रिया