रुपन्देही, १३ बैशाख । सियारी गाउँपालिका–६ मिलनचोक बस्ने ईन्द्र पौडेलकी छोरी ३ वर्षीया समीक्षा पौडेलको पोखरीमा डुबेर शुक्रबार साँझ मृत्यु भएको छ ।
आमासँग घाँस काट्न गएको अवस्थामा खेल्ने क्रममा सोही ठाउँस्थित माछा पोखरीमा डुबेर अशक्त भएकी उनको उपचारको लागि शुद्धोधन पोलिक्लिनिक फर्सा्टिकरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया