जनकपुरधाम, ३ कात्तिक । धनुषामा पोखरीमा दुई बालिकाको शव फेला परेको छ । धनुषाको लक्ष्मनिया गाउँपालिका–१ सिनुरजोरा बस्ने रामकुमार यादवको छोरी वर्ष ८ की खुशि यादव र उपेन्द्र यादवको छोरी वर्ष ९ की राधिका यादवको पोखरीमा डुबेको अवस्थाम आइतबार शव फेला परेको हो ।
शनिबार दिउँसो आगँनमा खेल्दैखेल्दै हराएकी बालिका साँझसम्म नभेटेपछि अभिभावकले लक्ष्मीनिया प्रहरी चौकीमा जानकारी गराएका थिए ।
खोज तलाश गर्ने क्रममा आइतबार दिउँसो स्थानीय बाबुजि यादवको पोखरिमा राधिका फेला परेको र साँझ साढे ६ बजे खुशी यादव फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
दुवै बालिककाको डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुुमान छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दुवै बालिकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको उनले बताए ।
तपाईको प्रतिक्रिया