कपिलवस्तु, ११ कार्तिक । कपिलवस्तु जिल्लामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।
महाराजगंज नगरपालिका–२ ठुलो गौडहवास्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने बैजनाथ चौधरीकी छोरी १६ वर्षीया नेहा चौधरी र सोही ठाउँ बस्ने कुन्जी बिहारी चौधरीकी छोरी १० वर्षीया नन्दनी कुर्मीको सोमबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा पोखरीमा डुबेर अशक्त भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया