पोखरीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश सरकरले जनही एक लाख रुपैयाँ दिने

समाचार

6/13/2021

जनकपुरधाम, ३० जेठ । पोखरीमा डुबेर मृत्यु भएको बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको पोखरीमा डुबेर मृत्यु भएका पाँचैजना बालिकाको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा प्रदेश सरकारले गरेको हो ।

पोखरीमा डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीय चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर, १२ वर्षीया ललीता साहको मृत्यु भएको थियो ।

पाँचै जनाको शव अहिले पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले मृतकको परिवारलाई अस्पतालमै गएर भेटघाट गरेका छन् ।

मृतक परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ