पाँच जना व्यक्तिको हत्या भएको घटना सम्बन्धमा अनुसन्धान शुरु

समाचार

6/9/2020

रुपन्देही, २७ जेठ । तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित गंगादेवी पशु फर्ममा लेवर काम गर्ने सैनामैना नगरपालिका मुर्गिया बस्ने अन्दाजी ३७ वर्षीय माधव मुसहर लगायत ५ जना व्यक्तिको सोमबार राति हत्या भएको घटना सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

सोही फर्ममा लेवर काम गर्दै आएका सुर्खेत घर बताउने ३० वर्षीय झसेन्द्र सिंजालीले मादक पदार्थ सेवन गरी सोही फर्ममा लेवर काम गर्ने माधव मुसहर लगायत ३ जना र सिंजालीसँगै सुत्न भनी आएका गाउँको २ जना साथी समेत गरी ५ जना ब्यक्तिहरुलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घटनास्थल नजिकैबाट सिंजालीलाई बेहोस भएको अवस्थामा फेला पारेको थियो ।

उनलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको छ । घटनास्थलबाट रगत लागेको अवस्थामा कोदालो र लाठी प्रहरीले फेला पारेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ