पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतो निर्वाचित

समाचार

1/25/2021

जनकपुरधाम, १२ माघ । पिछडावर्ग (ओबीसी) महासभाको राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष पदमा रामकुमार महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरधाममा शनिबारदेखि चलिरहेको पिछडावर्ग ओबीसीको महाधिवेशनबाट आइतबार राष्ट्रिय अध्यक्षमा महतोसहित ४१ जना नयाँ पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित नयाँ कार्य समितिमा अध्यक्ष एक जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सह–महासचिव २ जना, सचिव २ जना, कोषाध्यक्ष १ जना, सह(कोषाध्यक्ष एक जना रहेका छन् ।

यस्तै महिला सदस्य १० जना र पुरुष सदस्य १८ जना गरि ४१ जनाको कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत कालेश्वर महतोले प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ