पर्सा, १० असार । पर्साका विभिन्न मठमन्दिरका पूजारीहरुलाई विश्व हिन्दु परिषद् नेपालले राहत वितरण गरेको छ ।
निषेध आदेशका कारण मठ–मन्दिर बन्द हुँदा पूजारीहरुलाई दैनिकी चलाउन अप्ठेरो भएको भन्दै राहत वितरण गरिएको हो ।
सरकारले राहत उपलब्ध नगराएपछि अहिले उनीहरुले विभिन्न सहयोगी दाताले उपलब्ध गराएको राहतले जिविकोपार्जन गर्दै आएका छन् ।
विश्व हिन्दु परिषद्ले उपलब्ध गराएको राहतले पूजारीहरुमा थप मद्दत पुगेको छ । विभिन्न ठाउँका पुजारीहरुलाई चामल, दाल, नुन, खानेतेल, आलु, प्याजलगायतको आवश्यक खाद्यन्न समाग्री उपलब्ध गराइएको परिषद्का महासचिव जितेन्द्र कुमार सिंहले बताए ।
विश्व हिन्दु परिषद्ले असहायलाई भोजन व्यवस्था, मेडिकल शिविर, जाडोयाममा न्यानो कपडा वितरण, निःशुल्क योग प्रशिक्षण, आयुर्वेद औषधालय सञ्चालन, युवा लक्षित स्वरोजकारमूलक प्रशिक्षण सञ्चालनलगायतको काम गर्दै आएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया