काठमाडौं, ८ मंसिर । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउनेबारे दुई देशको जलस्रोत तथा ऊर्जा सचिवस्तरीय बैठक हुने भएको छ । आगामी शुक्रबार पञ्चेश्वर विकास प्राधिकरणको ‘गभर्निङ बडी’ को वैठक बस्न लागेको हो ।
बैठकमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मूल मुद्दामा भने छलफल हुने छैन । नेपाल र भारतबीच पञ्चेश्वरको डीपीआरमा विवाद छ ।
गत फागुनमा विवादबारे छलफल बसेको विज्ञ समूहको बैठक विनानिश्कर्ष टुंगिएको थियो । सम्भवतः विज्ञ समूहको बैठक पुन डाक्नेबारे सहमति हुनेछ ।
पञ्चेश्वरमा आयोजनाको क्षमता, पानीको बाँडफाड, मुनाफा वितरण लगायतका सहमति हुन बाँकी छ ।
पानीको बाँडफाँड, उपयोग र मूल्य, आयोजनामा दुई देशले गर्ने लगानी, बिजुली उत्पादन क्षमता, सिँचाइ, बाढी नियन्त्रण लगायतमा हुने फाइदा लगायतका मुद्दामा नेपालले अडान छाडेको छैन ।
भारतले पनि आफ्नै अडान दोहो¥याउँदै आएको छ । २०५२ सालमा नेपाल र भारतबीच भएको महाकाली सन्धिमा ६ महिनाभित्रै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर टुंगो लगाउने उल्लेख थियो । तर २४ वर्ष बित्दा पनि त्यसको टुंगो लाग्न सकेको छैन ।
तपाईको प्रतिक्रिया