पटाका रोक्न सीमामा प्रहरी परिचालन

समाचार

11/8/2020

कञ्चनपुर, २३ कार्तिक । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाकालगायत विष्फोटक पदार्थ भित्रयाउन नदिन कञ्चनपुर प्रहरीले तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारबाट पटाका ल्याउन नदिन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर सीमा, बजार र बसपार्क क्षेत्रमा खटाइएको जानकारी दिए ।

भारतसँग सीमाना जोडिएको कञ्चनपुरमा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यहाँ सीमामा पहिलो पटक तालिम प्राप्त कुकुरसहितको जनशक्ति परिचालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले एक साताअघि महेन्द्रनगर बजार क्षेत्रबाट रु डेढ लाख बराबरको ६ बोरा पटाका बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ