पतरियामा बर्थिङ्ग सेन्टर संचालन, प्रत्येक वडामा एम्बुलेन्स सेवा संचालनमा आउने

समाचार

11/29/2020

कपिलवसस्तु, १५ मंसिर । शुद्धोधन गाउँपालिका अन्तर्गत वडा नं. १ अन्तगत रहेको तपरिया स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर र ल्याब संचालनमा आएको छ ।

आइतबार गाउँपालिकाका अध्यक्ष निसार अहमद खां, उपाध्यक्ष सुधादेवी पाण्डेय र वडाअध्यक्ष तिलकराम यादवले सयुक्तरुपमा उद्घाटन गरेसँगै वर्थिङ्ग सेन्टर र ल्याव संचालनमा आएको हो ।

ग्रामणि क्षेत्रका गर्भवति महिलाहरुले स्थानीय स्तरमा नै बच्चा जन्माउनको लागी गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ्ग सेन्टर संचालनमा ल्याउने गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले बताए ।

हालसम्म २ वटा संचालनमा आएको र बाँकी ४ वटा स्वास्थ्य संस्थामा क्रमिक रुपमा संचालनमा ल्याउने योजना रहेको उनले बताए ।

साथै अध्यक्ष खांले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि गाउंपालिकाले प्रत्यक वडामा एम्वुलेन्स सेवा पनि संचालन गर्ने बताए ।

हालसम्म २ वटा वडामा एकुलेन्स संचालनमा आएको र बाँकी ४ वडामा सांसद विकास कोषको रकम अल्या गरि खरिद प्रकृया अगाडी बढाएकोले केही महिनामै ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुवाट एम्वुलेन्स संचालनमा आउने बताए ।

सो अवसरमा उपाध्यक्ष सुधादेवी पाण्डेय, जसपा पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादव, युवा नेता कमलेशशरण चौधरी, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगत, फेयर मेडका शशि कर्ण, कालिका स्वालवलम्वनका रामेन्द्र सिंह रावल, स्वास्थ्य संयोजक अस्फाक अहमद खां, २ नं वडा अध्यक्ष मनोज कुमार यादव, पुर्ण केशर माविका प्रअ लिला खनाल लगायतले वर्थिङ्ग सेन्टर निरन्तर संचालन र गुणस्तरिय सेवाको लागि शुभकामना दिएका थिए ।

वर्थिङ्ग सेन्टर संचालनको लागि स्वास्थय कार्यालय कपिलवस्तु, फेयर मेड, कालिका स्वावालमवन सामाजिक केन्द्र, युनिसेफ नेपाल, पिस नेपाल लगायतका संस्थाले सहयोग गरेका थिए ।

बर्थिङ्ग सेन्टर संचालन आएपछि स्थानीय महिलाहरुलाई धेरै फाइदा पुगेको स्थानीय महिला मिना फकिरले बताइन् । वडा नं १ का अध्यक्ष तिलकराम यादवको अध्यक्षता राम बहादुर चौधरीको स्वागत र स्वास्थ्य चौकी प्रमुख नथई चौधरीको संचालनमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ