रुपन्देही, १० बैशाख । कोटहीमाई गाउँपालिका–५ देवनबसपुर बस्ने राम औतार चौधरीको १४ महिनाको छोरा आनन्द चौधरीको पानी जमेको खाल्टोमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
खेल्ने क्रममा पानी जमेको खाल्टोमा डुबेर अशक्त भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएक हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया