बाँके, ३० जेठ । कोहलपुर नगरपालिका–१४ स्थित गणपती प्लाईबोर्ड कम्पनीमा पानी तताउने मेशिन पड्किँदा एक कामदारको मृत्यु भएको छ ।
सोही कम्पनीमा काम गर्ने बर्दिया बरबर्दिया नगरपालिका–९ बस्ने ३५ वर्षीय खुशिराम थारुको आइतबार बिहान मृत्यु भएको छ ।
मेशिन पट्किँदा उक्त कम्पनीको करिब ७० लाख रुपैयाँ बराबरको धनमाल समेत क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया