प्याजको कालोबजारी गर्ने दुई जना पक्राउ

समाचार

9/21/2020

मोरङ, ५ असोज । विराटनगर महानगरपालिका–९ स्थित पसलहरूमा बजार मूल्य भन्दा बढी दर राखी प्याज बिक्री गरी कालोबजारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विजय कुमार योगेस पसलका संचालक ३८ वर्षीय संजय कुमार गुप्ता र तनिसा ट्रेडर्सका संचालक २९ वर्षीय मुकेश कुमार सहनी रहेका छन् ।

उनीहरूले संचालन गरेका पसलहरूमा प्याजको कालोबजारी गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ