पार्किङस्थलको काम रोक्न अन्तरिम आदेश

समाचार

7/14/2021

वीरगन्ज, ३० असार । वीरगन्जको घण्टाघरस्थित विपी उद्यानको जग्गामा अहिले भइरहेको पार्किङस्थल निर्माण कार्य तत्कालका लागि रोक्न वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलासले मङगलबार अन्तरिम आदेश जारी गरेको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालयलाई विपक्षी बनाई कांग्रेसका युवा नेता धिरज गुप्ताले वीरगन्जस्थित उच्च अदालतको अस्थायी इजलासमा सोमबार रिट निवेदन हालेका थिए ।

त्यहि रिटको मङगलबार सुनुवाइ गर्दै उच्च अदालतको अस्थायी इजलासका न्यायाधीश शान्ता सेढाइ सापकोटाको विपी उद्यानमा उद्यान बाहेक सवारी पार्किङस्थलसहित अन्य कुनै पनि निर्माण कार्य तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यसका साथै अदालतले साउन ६ गते निवेदक गुप्ता र विपक्षी वीरगन्ज महानगरपालिकाको कार्यालयल दुवै पक्षलाई आवश्यक सबुत प्रमाणका कागजातसहित उपस्थित हुन पनि आदेश जारी गरेको छ ।

महानगरको स्वामित्वमा रहेको उक्त जग्गा, विपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने भनेर जग्गाको मालपोत पुर्जामा नै लेखिएको छ । तर वीरगन्ज महानगरपालिकाले उद्यान निर्माण नगरि सवारी पार्किङस्थल निर्माणका लागि कंक्रीट ढलान गरेर प्राकृतिक संरचना मास्ने काम गरिरहेकाले त्यस विरुद्ध आफूले अदालतमा रिट निवेदन हालेको रिट निवेदक गुप्ताको भनाइ छ ।

कुल १० बिघा जग्गामा ६ बिघामा उद्यान, २ बिघामा खुल्ला मञ्च , २ हजार मानिस बस्न सक्ने क्षमताको सभागृह र बाँकी जग्गामा पार्किङस्थल निर्माण गरिने महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ