प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

समाचार

8/15/2020

काठमाडौं, ३१ साउन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई र शुभकामना दिएका छन् ।

‘७४औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री मोदीजी, उहाँको सरकार र भारतीय जनतालाई बधाई तथा शुभकामना दिन चाहन्छु’, प्रचण्डले शनिबार ट्वीट गर्दै भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ