राजविराज, ११ बैशाख । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएसँगै सप्तरीमा दुबै पार्टीका नेता तथा कार्यकर्ताहरूले मैनबति प्रज्ज्वलन गरेका छन् ।
नवगठित जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएसँगै खुशीयालीमा मैनबति प्रज्जवलन गरेको युवा नेता गजेन्द्र मण्डलले जानकारी दिए ।
बिहीबार जसपा नेपालका नेताहरु आयोगको कार्यालयमा पुगी दल दर्ता गराएका हुन् । बुधबार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको थियो ।
सहमतिपत्रमा समान हैसियतमा दुवै पार्टीबीच एकता भएको उल्लेख छ । सो अवसरमा मनिष कुमार सुमन, पूर्वसासंद सुभाष यादब, राजबिराज नगरपालीका प्रमुख शंभु प्रसाद यादब, तिलाठीकोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिँह, दिनेश यादब, जिल्ला ईन्चार्ज सत्य नारायण यादब, जिल्ला अध्यक्ष केदार यादब, सुनिल झा, हरेराम यादब, विद्यार्थी नेता किशोर कुमार यादब, शंभु यादब लगायतले गजेन्द्र चौक, दशन चौक लगायत विभिन्न ठाउँहरूमा दिप प्रजज्वलन गरेको युवा नेता निरज झाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया