प्रतिनिधिसभा विघटनविरूद्ध जसपाको प्रदर्शन

समाचार

12/25/2020

काठमाडौं, १० पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार सरकारको पछिल्लो कदमविरूद्ध खोटाङ, धनुषा, कैलाली लगायतका जिल्लामा जसपाले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा जसपाका नेता कार्यकताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध चर्को नारा लगाएका थिए । प्रदर्शनकारीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुतला दहनसमेत गरेका छन् ।

शनिबार देशभरका जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा जसपाले प्रदर्शन गर्ने तयारी गरेको छ भने आइतबार १२ गते काठमाडौंलगायतका शहरमा प्रदर्शन गर्नेछ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसकाविरूद्ध जसपाले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ