प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

समाचार

12/23/2020

काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा संसद विघटनविरुद्ध परेको १२ वटा रिटको सुनुवाई भएको थियो ।

इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ