प्रतिनिधिसभा विघटन नेपालको आन्तरिक मामिला : भारत

समाचार

12/24/2020

काठमाडौं, ९ पुस । नेपालका प्रतिनिधिसभा विघटन भएपछि भारतले औपचारिक रुपमा चासो व्यक्त गरेको छ । भारतले यस घटनालाई नेपालको आन्तरिक मामिल भनेर प्रतिक्रिया जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई भारतले ‘नोट’ गरेको पनि जनाएको छ ।

त्यसैगरी संसद् विघटनलगायतका निर्णयहरु नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधिअनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै भएको भारतले स्पष्ट गरेको छ ।

नेपालको पछिल्लो घटनाक्रममा भारतको के प्रतिक्रिया छ भन्ने नयाँदिल्लीमा बिहीबार साँझ आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने,‘नेपालको राजनीकि घटनाक्रमलाई हामीले नोट गरेका छौं । यो नेपालको आन्तरिक मामिला हो । लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्नेछ ।’

निकट छिमेकीका नाताले शान्ति, समृद्धि र विकासको बाटोमा अघि बढ्न नेपाल र नेपाली जनतालाई भारतको सहयोग निरन्तर रहने पनि प्रवक्ता श्रीवास्तवले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ