काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । कार्यतालिकामा कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मंसिर ३ गते शुक्रबार दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य मुख्य क्रियाकलाप समेटिएकोे छ ।
कार्यतालिका अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
पहिलो चरणमा सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम असोज २१ गतेदेखि असोज २६ गतेसम्म संचालन हुनेछ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम असोज ३१ गतेदेखि कार्तिक ५ गतेसम्म सञ्चालन हुनेछ ।
मतदाताहरुको अन्तिम मतदाता नामावली भाद्र २३ गते प्रकाशन हुनेछ । समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भाद्र २ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया